+
+

कम्युनिस्ट आफैं समाप्त हुने बाटोमा : रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १८:२७

१८ मंसिर, ठोरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कम्युनिस्ट आफैँ समाप्त हुने बाटोमा रहेको बताएका छन् । कम्युनिस्टमा अतिवाद हावी हुँदै गएकाले उनीहरु आफैं समाप्त भएर जाने उनको भनाइ थियो ।

पर्साको ठोरी-२ स्थित पर्यटकीय स्थल रानीवनमा बिहीबार आयोजित वनभोज तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार मौलाउँदै गएको र भ्रस्टाचारीहरुको संरक्षण सरकारले नै गरेका कारण कम्युनिस्टहरु आफैं पतनको बाटोमा लागेको बताए ।

नेता रिजालले नवप्रवेशीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

नेपाली कांग्रेस वडा नं २ का सभापति रामकृष्ण पन्तको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी ,महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ, बशिषट नारायण कुर्मी, क्षेत्रीय सभापती रमेश पाण्डे, प्रदेश सभा सभापति श्रीकान्त यादव, वडा २ का अध्यक्ष किशोर तामाङ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?