+
+
Shares

आर्थिक पुनर्उत्थानका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १७:०४

१९ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनर्उत्थान गर्न ल्याइएका कार्यक्रमको प्रभावकार कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जासहितका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

कोभिड -१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न समेत उनले मन्त्रालय मातहतका निकालाई निर्देशन दिए । उनले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा समयसीमा निर्धारण गर्न समेत निर्देशन दिएका छन् ।

अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरुको पूँजीगत गर्न बढाउन थप पहल गर्नुपर्ने उनको भनाई छ । यसका लागि अन्तरमन्त्रालय समन्वयमा जोड दिइनु पर्ने उनले बताए ।
पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।

अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु र्फछ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिए । बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले चालु आर्थिक वर्षको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, सोधभर्नाको अवस्था, बेरुजु फछर्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?