Comments Add Comment

सिरी ए : टुरिन डर्बीमा युभेन्ट्सको पुनरागमन जित, एसी मिलानलाई पछ्याउँदै इन्टर

२१ मंसिर, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराति टुरिन डर्बीमा भएको खेलमा युभेन्ट्सले टोरिनोमाथि पुनरागमन जित हात पारेको छ । लिओनार्दो बोनुचीले अन्तिम समयमा गरेको गोल मद्दतमा युभेन्ट्सले टोरिनोलाई २-१ ले पराजित गरेको हो ।

युभेन्ट्सको मैदान एलिएन्ज स्टेडियममा भएको खेलको नवौं मिनेटमै निकोलस ए कोउलोउले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा टोरिनोले अग्रता कायमै राख्यो । ५७औं मिनेटमा डेजान कुलुसेभ्स्कीले युभेन्टसका लागि बराबरी गोल गरे पनि भिएआर रेफ्रीले मान्यता दिएन ।

७८औं मनेटमा वेस्टन म्याकेन्नीले युभेन्ट्सका लागि बराबरी गोल गरे । डिफेण्डर बोनुचीले ८९औं मिनेटमा निर्णायक गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

इन्जुरी टाइममा युभेन्ट्सका कार्लो फिनसोग्लियले रातो कार्ड पाएका थिए ।

जितपछि १० खेलबाट २० अंक जोड्दै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट ६ अंक मात्र रहेको टोरिनो भने पुछारबाट तेस्रो अर्थात १८औं स्थानमा छ ।

इन्टरमिलान ३-१ ले विजयी

सिरी ए कै अर्को खेलमा दोस्रो स्थानको इन्टरमिलानले बोलोग्नालाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानको एसी मिलानलाई पछ्याइरहेको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि अच्रफ हिकीले दुई गोल गरे । खेलको १६औं मिनेटमा रोमेलो लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए भने ४५औं मिनेटमा हाकिमीले अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा एमानुएल भिग्नाटोले गोल गर्द बोलोग्नालाई खेलमा फर्काउन प्रयास गरेका थिए तर ७०औं मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर ३-१ ले विजयी भयो ।

जितपछि १० खेलबाट २१ अंक जोड्दै इन्टर दोस्रो स्थानमै छ । एक खेल कम खेलेको एसी मिलान २३ अंकसहित शीर्ष स्थानमा छ ।

बोलोग्ना १० खेलबाट १२ अंकसहित दशौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment