Comments Add Comment

एलपीएलमा कोलम्बोको चौथो जित

२१ मंसिर, काठमाडौं । कोलम्बो किंग्सले लंका प्रिमियर लिग (एलपीएल)मा चौथो जित हात पारेको छ । गएराति भएको लो स्कवरिङ खेलमा कोलम्बोले क्यान्डी टस्कर्सलाई ७ विकेटले पराजित गरेको हो ।

क्यान्डीले दिएको १०६ रनको लक्ष्य कोलम्बोले १४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । कोलम्बोका लागि ओपनर दिनेश चन्डिमलले अविजित ३५ रन बनाए । यस्तै अशान प्रियन्जनले अविजित २६ रन जोडे । लाउरी इभान्स ५,  बेल ड्रममोन्ड ११ र कप्तान एन्जेलो म्याथ्युज २ रन बनाए ।

क्यान्डीका मुनाफ पटेल, विश्व फर्नान्डो र नुवान प्रदिपले १-१ विकेट लिए ।

त्यसअघि हबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यान्डीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । क्यान्डीका लागि ओपनर रहमनुलल्ह गुर्बाजले सर्वाधिक ३४ रन बनाउँदा इर्फान पठानले १८ र दिलरुवान परेराले १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्यान्डीलाई अलआउट गर्न कोलम्बोका क्वाइस अहमद र अहसान प्रियन्जन र थिकशिला डे शिलभाले २-२ विकेट लिए । यस्तै म्याथ्युज, दुसमन्थ चमिरा र आन्द्रे रसेलले समान १ विकेट लिए ।

जितपछि ५ खेलबाट ८ अंक जोडेको कोलम्बो दम्बुला भाइकिंग्लाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो । समान अंक रहेको जाफ्ना स्टालियन्स भने राम्रो रनरेटका कारण शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment