
२१ मंसिर, काठमाडौं । ललितपुर प्रहरीले तीन किलो ६३ ग्राम अवैध रक्तचन्दन र पुरातात्विक नेपाली मुद्रासहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीका हरिबहादुर मोक्तान, टिकाराम तामाङ, नुवाकोटका प्रेमकुमार डंगोल, झापाका सोवित आचार्य, धादिङका शंकर ढाउन्याँ र सुमन बस्नेत छन् ।
ललितपुर प्रहरीले बाफल क्षेत्रमा रक्तचन्दनको अवैध कारोबार हुन लागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद रक्तचन्दन वन कार्यालयमा बुझाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4