+

ला लिगा : अलाभेजसँग बराबरीमा रोकियो सोसिडाड

२०७७ मंसिर  २२ गते ९:०३ २०७७ मंसिर २२ गते ९:०३
ला लिगा : अलाभेजसँग बराबरीमा रोकियो सोसिडाड

२२ मंसिर, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाड अलाभेजसँग बराबरीमा रोकिएको छ । अलाभेजसँग गोलरहित बराबरी खेलेपछि सोसिडाडले शीर्ष स्थानमा उक्लेको मौका गुमायो ।

अघिल्लो दिन रियल भाल्लोडोलिडलाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लेको थियो ।

बराबरीपछि १२ खेलबाट २५ अंकसहित सोसिडाड दोस्रो स्थानमै यथावत छ । दुई खेल कम खेलेको एट्लेटिकोको २६ अंक छ । अलाभेज १२ खेलबाट १४ अंकसहित ११औं स्थानमा छ ।

यस्तै अर्को खेलमा भियारियालले घरेलु मैदानमै एल्चेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि १२ खेलबाट २१ अंक जोडेको भियारियला रियल मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । ११ खेल खेलेको रियल २० अंकसहित चौथो स्थानमा छ ।

स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय