
२२ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ४ र ललितपुर. पर्वत, बारा, बर्दिया र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।
- काठमाडौंकी ६९ वर्षकी महिलाको मंसिर २० गते मृत्यु भएको छ । निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १५ गते अस्पताल भर्ना भएकी उनमा १९ गते संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ८५ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १८ गते अस्पताल भर्ना भएका उनमा १९ गते संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ६७ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १६ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ८७ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १४ गते संक्रमण पुष्टि भएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप, दम, मधुमेह र मिर्गौला रोग थियो ।
- ललितपुरका ५६ वर्षका पुरुषको मंसिर २१ गते मृत्यु भएको छ । मंसिर २० गते अस्पताल भर्ना भएका उनमा २१ गते संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौला, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
- फलेबास नगरपालिकाका, पर्वतका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति १२:४५ बजे मृत्यु भएको छ । उनमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- जितपुरसिमरा उपमहानगरपालिका-४, बाराकी ७१ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको छ । दमको समस्याले अस्पताल भर्ना भएकी उनमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- गेरुवा गाउँपालिका-५, बर्दियाका ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा आइतबार राति मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनमा मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- शुक्लाफाँटा नगरपालिका-४, कञ्चनपुरका ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति मृत्यु भएको छ । मंसिर १३ गते संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १५ देखि कोहलपुरमा उपचाररत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4