Comments Add Comment

सार्कलाई ताजा गति दिन छिट्टै शिखर सम्मेलन : प्रधानमन्त्री ओली

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिएका छन् ।

३६औं सार्क चार्टर डे को उपलक्ष्यमा भएका एक शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको र साझा समझदारी र सहकार्यलाई प्रवर्द्धन गरेको समेत बताएका छन् ।

ओलीले भनेका छन्,’शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई ताजा गति दिँदा जनतमा आशा जगाउन र आगाडी बढ्ने आधार तयार पार्न सकिन्छ ।’

उनले अब अगाडी बढ्नका लागि राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता हित ठोस कार्यको आवश्यकता रहेकोमा समेत जोड दिएका छन् ।

सन् २०१४ मा सार्क सम्मेलन भएयता सार्कको कुनै पनि सम्मेलन हुन सकेको छैन् । सन् २०१६ को नोभेम्बरमा आयोजना गरिएको सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

त्यस यता सार्क सम्मेलन गर्न भारतले कुनै पनि चासो दिएको छैन् । भारत सहमत हुन नमानेका कारण नै सम्मेलन मात्र होइन्, सार्क नै अनिश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment