Comments Add Comment

‘म्यानचेष्टरमा पोग्बाको भविष्य छैन’

२३ मंसिरऽ काठमाडौं । पउल पोग्बाको एजेन्ट मिनो राइओलाले स्पष्ट पारेका छन् कि उनको क्लाइन्ट पोग्बाको अहिलेको क्लबसँग सम्झौता अर्को वर्षको अन्त्यमा सकिँदैछ र युनाइटेडमा उनको भविष्य छैन ।

सन् २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट १०० मिलियन युरोमा ओल्ड ट्राफोर्ड पुगेयता फ्रेन्चम्यान पोग्वाले युनाइटेडमास घर्ष गरिरहेका छन् ।

म्यानचेष्टर युनायटेडमा पोग्बाको लागि समाप्त भयो । राइओलाले टुटोस्पोर्ट्ससँगको अन्तर्वार्तामा भनेका छन् ।

सन् २०१९ मा टुटोस्पोर्ट्ससंगको कुराकानीमा इटालियन सुपर एजेन्ट राइओलाले पोग्बाको भविष्यबारे पहिल्यै खुलासा गरेका थिए । पोग्बाले केही नराम्रो गरेको छैन राइओलाले भने । उनी सधैँ व्यवसायिक र सम्मानलायक छन् ।

‘क्लबले उनको भावनालाई लामो समयदेखि चिनेको छ । सही सूचनाविना नै आलोचना गर्ने मानिसहरुको लागि यो लाजमर्दो कुरा हो र मलाई पनि दु:ख लागेको छ कि क्लबले पनि यसविरुद्ध कुनै कदम चालेन,’ उनले भनेका छन्, ‘आशा छ सबैको पक्षमा सन्तोषजनक समाधान निस्कनेछ ।’

सोल्सायरसँग तर्क

ओले गनर सोल्सायर म्यानचेष्टर युनाइटेडको प्रशिक्षक नियुक्त भएयता पोग्बाले टिममा प्रतिष्ठा गुमाएका छन् । र उनको अधिकांश प्रदर्शन आवश्यकभन्दा तल छ । यस सिजन उनले १३ अफिसियल म्याचमा ६३३ मिनेट खेलेका छन् । उनी तीन पटक टिमबाट ड्रोप भएका छन् । र उनले तीन पटक मात्र पूरा ९० मिनेट मैदानमा बताएका छन् ।

नम्बरले यो भन्छ कि सोल्सायर पोलगबाको प्रदर्शनबाट सन्तुष्ट छैनन् । फ्रेन्चम्यानले यस सिजन दुई गोल गरेका छन् र अर्को दुई गोलको लागि सहयोग गरेका छन् ।

यद्यपि सोल्सायरले विश्वास गरेका छन् कि पोग्बा अझै दुई वर्षसम्म रहनेछन् । ‘पउल हामरो खेलाडी हुन्’ सोल्सयारले अक्टोबरमा न्यूकासल यनाइटेडसँग खेल हुनुअघि प्रेसलाई भनेका थिए । उनी यहाँ अर्को दुई वर्षसम्म रहनेछन् र मलाई विश्वास छ कि पउल हामीलाई आफ्नो उत्कृष्ट दिनेमा केन्द्रित छन् र हामी उनको बेस्ट देखा चाहन्छौँ ।

त्यसैले आगामी दुई वर्षमा हामी उनको उत्कृष्टता पाउनेमा विश्वस्त छौँ ।

सम्झौता नवीकरण टर्निङ पोइन्ट

रोयल डिक्री १००६ को ड्ढारा ४ अनुसार , प्रिमियर लिग टोलीले एकलौटी रूपमा आफ्ना खेलाडीहरू विस्तार गर्न अनुमति दिएको छ यदि त्यस्तो धारा उनीहरूको सम्झौतामा समावेश गरिएको छ भने ।

म्यानचेस्टर युनाइटेडले पोग्बासँग त्यस्तै गरेको छ, उनको सम्झौता २०२१ मा सकिँदैछ तर यदी रेड डेभिलमा निर्णय गरेमा उनको सम्झौता अर्को एक वर्ष नवीकरण हुन सक्नेछन् ।

त्यसैले, यदि दुई पक्षबीचको सम्बन्ध पूर्णरूपमा टुङ्गिएको हो भने फ्रान्स अन्तर्राष्ट्रिय खेलाडीको लागि अर्को समरमा ट्रान्सफर नै एक मात्र विकल्प हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment