Comments Add Comment

फुटबल एकेडेमी स्थापना गर्न एन्फा र एपीएफबीच सम्झौता

२३ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ र नेपाल एपीएफ स्कुल बीच फुटबल एकेडेमी निर्माण गर्न सम्झौता भएको छ ।

नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो । एन्फाले यसलाई ऐतिहासिक सम्झौता भनेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एपीएफका एआईजी पुष्पराम केसीले सम्झौतामा हस्ताक्षर गरे ।

युवा फुटबल खेलाडीका लागि सहयोग गर्ने उदेश्यले दुई पक्षबीच सम्झौता भएको एन्फाले जनाएको छ ।

दुवै पक्ष दीर्घकालीन सम्झौता स्थापना गर्नका साथै सहमत भएका छन् जुन शिक्षालाई प्राथमिकता दिने र व्यवसायिक फुटबलसँग मिल्ने लक्ष्य हासिल गर्ने दिशामा दृढ कदम प्रतिनिधित्व गर्नेछ ।

‘नेपाल एपीएफ स्कूलसँग एकेडेमी स्थापना गर्ने सम्झौताको घोषणा गर्न पाउँदा हामी गर्व र खुसी छौं । खेलाडी र प्रशिक्षकको विकासका लागि यो ऐतिहासिक सम्झौता हो ।’ एन्फा अध्यक्ष शेर्पाले भने ।

सम्झौताको अर्थ एन्फा र एपीएफ स्कुल फुटबल एकेडेमीले संयुक्त रूपमा प्रत्येक वैकल्पिक वर्षमा युवा खेलाडीहरूलाई सहयोग पुर्‍याउँछ । एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टोलीले २१ खेलाडी छान्नेछ । जसमध्ये १४ खेलाडीलाई एन्फा र एपीएफले स्पोनसर गर्नेछ । दुवै पक्षले कक्षा १२ पूरा नहुँदा सम्म खेलाडीहरुको शैक्षिक लागत बेहोर्ने एन्फाले जनाएको छ ।

एकेडेमी एन्फाको योग्य प्रशिक्षकहरुले सञ्चालन गर्नेछन् । एकेडेमी १३-१४ वर्षका खेलाडीहरुका लागि हुनेछ ।

एपीएफका महानिरीक्षक शैलेन्द्र खनालले एन्फासंग सहकार्य गर्न पाउ एपीएफ स्कुल खुसी रहेको बताए । उनले देशभरका प्रतिभाशाली युवा खेलाडीहरूलाई प्रवर्द्धन गर्न एन्फासँग मिलेर काम गर्ने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment