Comments Add Comment

नेपालमा बीएमडब्ल्यूको बिक्री सुरु

लक्ष्मी प्रिमियमले गाडी बेच्ने

२३ मंसिर, काठमाडौं । नेपालको लागि बीएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुमबाट बीएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ ।
जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्ल्यू एसिया र बीएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ ।

बीएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुल्ााई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा बीएमडब्ल्यू ब्राण्ड र नयाँ सोरुमको सुरुवात गर्दै बीएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक कि्रस्टोफर वेनरले भने, ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बीएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बीएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।

‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, भन्दै लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने,’हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अस्मरणिय क्षणको अनुभव दिलाउन चाहन्छौं ।

ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनेछन् । जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने, अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने छ । यस सोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूति गर्न सक्नेछन् ।

ग्राहकलाई अहिलेको विषम परिस्थितिमा ँकन्ट्रयाक्ट लेसू टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेबसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नेछन् ।

टेष्ट ड्राइभमा छनोट गर्नु भएको वा खरिद गर्नु भएको कार पूर्णत सेनिटाइज गरिएको हुने छ । कारलाई ग्राहले छनोट गर्नु भएको स्थानमा हामी उपलब्ध गराइनेछ । ग्राहकको कुनै पनि जिज्ञासालाई हामी उपस्थित भएरै वा भर्चुयल माध्यमबाट समाधान गर्ने बताइएको छ ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्‍याउने अपेक्षा गरिएको छ । बीएमडब्ल्यू बंगलादेशले पाएको सफलता यस प्रकार छन् ।

-सन् २०१८ मा बीएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड

-२०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बीएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड सर्वोत्कृष्ट बिक्रीको लागि

-२०१३ र २०१४ सर्बोत्कृष्ट बिक्री पछिको सेवा अवार्ड

-२००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’

-२००४ मा ‘वेष्ट बीएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment