Comments Add Comment

किसान आन्दोलनले मंगलबार भारतका अधिकांश राज्यहरु बन्द

फाइल तस्वीर

२३ मंसिर, काठमाडौं ।  मंगलबार भारतका धेरै राज्यहरु किसानहरुले गरेको ‘भारत बन्द’ आह्वानका कारण बन्द भएका छन् । धेरै विपक्षी पार्टीहरुले यो आन्दोलनमा समर्थन जनाएका छन् । किसानहरुले सबै पार्टीहरुलाई झण्डा घरमा नै राखेर आफूहरुको आन्दोलनमा सामेल हुन आग्रह गरेका थिए । किसानहरुले मंगलबार ११ बजेदेखि दिउँसो तीन बजेसम्मका लागि भारत बन्दको आह्वान गरेका थिए ।

किसानहरुले गरेको बन्द आह्वान भारतका धेरै राज्यमा सफल देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतको भारतको कर्नाटक, पश्चिम बंगाल, जयपुर, झारखण्ड, असाम छत्तीसगढ, बिहारलगायतका राज्यमा बन्दको असर देखिएको थियो । किसानहरुले चरणबद्धरुपमा आफूहरुको आन्दोलन अघि बढाउने बताएका छन् ।

भारतमा सरकारले ल्याएको कृषि कानुनको विरुद्धमा किसानहरुले भारत बन्दको आह्वान गरेका हुन् । यो कानुनको विरोध गरिरहेका किसानहरुले विगत १३ दिनदेखि दिल्लीका सीमामा धर्ना दिँदै आएका थिए । सरकारसँगको वार्ता पनि सफल नभएपछि उनीहरुले भारत बन्दको आह्वान गरेका हुन् । यसअघि भारतको हरियाण र पञ्जाबका किसानहरु धेरै सहभागी भएका भए पनि मंगलबारको भारत बन्दमा भने भारतभरका किसानहरुले साथ दिएका थिए ।

मंगलबार आन्दोलनमा सहभागी भएका किसानहरुले बिचौलिया बढेकाले आफूहरुले न्यायोचित मूल्य पाउन नसकेको बताएका थिए । त्यस्तै, उनीहरुले सरकारले तोकेको समर्थन मूल्यमा आफ्नो कृषि सामग्रीहरु बिक्री नहुने गरेको गुनासो गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment