
२४ मंसिर, काठमाडौं । चितवनमा तेल बोक्ने ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना.४१ प ९८६२ नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका-६ बस्ने २२ वर्षीय अब्जल देवान रहेका छन् । खैरेहनी नगरपालिका-९ स्थित नमुना पेट्रोलपम्प नजिकैको सडकमा लु.१ ख ६५८१ नम्बरको ट्याङकरले उनी सवार मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो ।
ट्याङकरको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याङकर र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4