+
+
Shares

कोरोनाले फिल्म छायांकन नभएपछि ‘दोश्रो घर’ फर्किइन् अदिती

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १४:१५

कोरोनाका कारण धेरै कलाकारको करिअर चौपट भएको छ । चलचित्रको छायांकन कहिलेबाट सहज तरिकाले सुचारु हुन्छ भन्ने कुनै टुंगो छैन । कोरोना महामारी अगाडि छायांकन सुरु भएर रोकिएका चलचित्रहरुको मात्र यतिबेला छायांकन गरिएको छ ।

बाँकी चलचित्रको छायांकन सुरु गर्न निर्माताहरु डराइरहेका छन् । यसैले पनि नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहने चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु हुन सकेन । निर्देशक सुरेन्द्र पौडेलका अनुसार फागुण अगाडि चलचित्रको छायांकन सुरु गर्ने कुनै योजना निर्माणपक्षको छैन ।

चलचित्रको छायांकन सुरु नभएपछि नायिका अदिती वुढाथोकी मुम्बई फर्किएकी छिन् । मुम्बइमा रहेर उनले मोडलिङ गर्दै आएकी छिन् । अदितीले ८ महिनापछि आफू आफ्नो दोश्रो घर फर्किन लागेको बताएकी छिन् । अदितीले मुम्बइलाई आफ्नो ‘दोश्रो घर’ भन्ने गर्छिन् ।

चलचित्रमा अदितीसँग गायक नितेश जंग कुँवरको मुख्य भूमिका रहनेछ । चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी सुन्दरी दोश्रो चलचित्रमार्फत दर्शकमाझ आउन उत्साहित छिन् । तर, कोरोनाका कारण उनको काम सुरु हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?