Comments Add Comment

कृती सेननलाई कोरोना संक्रमण

नायिका कृती सेननले आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् ।

नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन् । कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् ।

कृती अर्को बर्षसम्मका लागि पूर्ण रुपमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीसँग आधा दर्जन प्रोजेक्ट छन् । कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

कृतीले आफू कोरोनामुक्त भएपछि काममा फर्किने उल्लेख गरेकी छिन् । कृतीले कोरोना महामारी नसकिएसम्म होसियार रहन आफ्ना फ्यानहरुलाई आग्रह पनि गरेकी छिन् । नायक बरुण धवन, कलाकार नितु कपुर पनि चलचित्रको छायांकनका क्रममा कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment