+

अगुएरोको गोल, म्यानचेष्टर सिटी अपराजित

२०७७ मंसिर  २५ गते ८:०६ २०७७ मंसिर २५ गते ८:०६
अगुएरोको गोल, म्यानचेष्टर सिटी अपराजित

२५ मंसिर, काठमाडौं । सर्जियो एगुएरोले चोटपछि पुनरागमन गर्दै गोल गर्दा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा मार्सेलाई पराजित गरेको छ । गएराति भएको खेलमा मार्सेलाई ३-० ले पराजित गर्दै सिटी समूह सीमा अपराजित रह्यो ।

यसअघि नै समूह विजेता बनिसकेको सिटीले ५ जित र १ बराबरीपछि १६ अंक जोड्यो ।

घरेलु मैदानमा भएको खेलमा सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो । फेरान टोरेसले ४८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । अन्तिम समयमा मार्सेका अल्भारो गोन्जालेजले आत्मघाती गोल गरेपछि सिटीले ३-० को जित हात पारेको हो ।

यसै समूहको अर्को खेलमा अन्तिम १६ मा पुगिसकेको पोर्टोले ओलम्पियाकोसलाई २-० ले हरायो । पोर्टोका लागि १०औं मिनेटमा ओटाभियो र ७७औं मिनेटमा कातेउस उरिबले गोल गरे । ७९औं मिनेटमा मार्सेका रुबेन समेडो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

च्याम्पियन्स लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय