Comments Add Comment

‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले नयाँ चलचित्र बनाउने भएको छ । चलचित्रको नाम ‘कहानी तिम्रो मेरो’ राखिएको छ । यो चलचित्रलाई रोमान्टिक कमेडी कथामा निर्माण गर्ने तयारी यसका निर्देशक विशाल भण्डारीको छ ।

विशालले अनलाइनखबरसँग भने–‘हो, हामी चलचित्रको तयारीमा छौं । अहिले धमाधम कथामा काम भैरहेको छ । ‘कमेडी च्याम्पियन २’ सकिएसँगै यो चलचित्रको छायांकन सुरु हुनेछ ।

चलचित्रमा नायकको रुपमा निराजन प्रधानले काम गर्नेछन् । नायिकामा केकी अधिकारी रहेछिन् । अन्य कलाकार पनि फाइनल गर्ने तयारीमा यसको टिम छ ।

विशालका अनुसार, यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । यो टिमले चलचित्र ‘बोक्सीको घर’ बनाउने तयारी पनि थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment