Comments Add Comment

सन्दीप डिसेम्बर १५ मा अष्ट्रेलिया जाने

२५ मंसिर, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् ।

सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् ।

अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यसपटक हाेबार्टबाट खेल्न लागेका हुन् ।

बिहीबारदेखि शुरु भएकाे बीबीएलकाे १० औं संस्करणमा सन्दीपले सुरुवाती ६ खेल गुमाउने छन् । हाेबार्टले डिसेम्बरमा ६ खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment