+
+
Shares

शिक्षक श्रेष्ठका हत्यारालाई कारबाही गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १८:१३

२५ मंसिर,काठमाडौं । मोरङको मिक्लाजुङ् गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए ।

यस घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले माग गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमै आक्रमण हुँदा यसले शैक्षिक वातावरणसमेत खलबलिएको भन्दै शिक्षक र विद्यार्थीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै, नेविसंघले विप्लव समूहले उठाएका जनताका मुद्दा वार्ता र संवादका माध्यमबाट सम्बोधन गरी समस्या समाधानका लागि तदारुकता देखाउन सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?