+
+
Shares

गैंडाको खागसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १६:५५

२६ मंसिर, काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट ५ जना पक्राउ गरेको छ ।

अपराध महाशाखाबाट खटिएको टोलीले बिहीआर काठमाडौं  महानगरपालिका झोँछेका ४१ वर्षका रिकेश शाक्य, ३५ वर्का सुरेश शाक्य,  ३९ वर्षका अनिल श्रेष्ठ,  नुवाकोट म्यागङका २६ वर्षका रामसिंह तामाङ र २२ वर्षकी मुना तामाङलाई पक्राउ गरेको हो ।

गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले बिक्री गर्न कोठामा  राखिराखेको अवस्थामा गैंडाको खाग बरामद गरेको थियो ।

पक्राउ परेका व्यक्ति र बरामद  गैंडाको खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं हात्तीसार पठाइएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?