+
+

नाइजेरियाको विद्यालयमा आक्रमण, १०० जना सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते ८:२१

२८ मंसिर, काठमाडौं । बन्दूकधारीको समूहले नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको छ । आक्रमणपछि एक सय जना सम्पर्कमा नरहेको समाचार एजेन्सी रोयटर्सले स्थानीयवासी र प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

राइफल बोकेर मोटरसाइकलमा आएको समूहले उत्तरी नाइजेरियाको कटसिना राज्यस्थित विज्ञान विषयको पढाइ हुने एक सरकारी विद्यालयमा शुक्रबार साँझ आक्रमण गरेको थियो ।

उक्त समूहले केहीलाई अपहरण गरी लगेको र केहीले भागेर ज्यान जोगाएको अधिकारीहरूले बताएका छन् ।

‘सशस्त्र लुटेराको उक्त समूह र सेनाबीच करिब डेढघण्टा गोली हानाहान भएको थियो । सेनाको प्रतिकारपछि उनीहरु भागेको प्रहरी प्रवक्ता इशा ग्याम्बोले बताएका छन् ।

प्रहरीले घटनामा के कति क्षति भयो भन्नेबारे केही बताएको छैन । आक्रमणपछि भागेका करिब २०० आवासीय विद्यार्थी विद्यालयको सम्पर्कमा आइसकेका छन् । आक्रमणकारीले केही विद्यार्थीलाई अपहरण गरी लगेका छन् तर संख्या भने एकीन नभएको स्थानीय प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले पनि केही विद्यार्थीहरू अपहरणमा परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?