२८ मंसिर कैलाली । कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
कडा प्रकारको निमोनिया लिएर अस्पताल आएकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4