+
+

सल्यानमा एकै विद्यालयका ८ जना शिक्षकमा कोरोना संक्रमण

पुस १० गतेसम्म विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १७:०३

२८ मंसिर, सल्यान । सल्यानको कपुरकोट गाउँपालकिा-४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले जानकारी दिए ।

संक्रमित ८ शिक्षकमध्ये एकजना कोरोनामुक्त भइसकेका छन् । विद्यालयका अन्य ६ जना शिक्षकको पनि परीक्षणका लागि स्वाब पठाइएको छ । उनीहरुको रिपोर्ट आइनसकेको डाँगीले बताए ।

यही मंसिर ७ गतेदेखि पठनपाठन सुरु गरेको विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको थियो ।

– शंकर केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?