
२८ मंसिर, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारलाई उनीहरुसँग भएको चारपाङ्ग्रे गाडीको विस्तृत विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको छ ।
मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय सरकारलाई पत्राचार गरेको हो । केही समय अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यस विषयमा चासो व्यक्त गरेको थियो ।
मन्त्रालयको परिपत्रमा भनिएको छ,‘प्रधानमन्त्री कार्यालयबाट विभिन्न निकायमा रहेका चारपाङग्रे सवारी साधनहरुको माग भई आएकाले त्यहाँ अन्तर्गत सवारी साधन प्रयोग गर्ने पदाधिकारीहरुको नाम, पद, गाडीको किसिम र सवारी साधनको नम्बर यथाशिघ्र प्रेषित गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4