Comments Add Comment

लिभरपुल बराबरीमा रोकियो, आर्सनल पराजित

२९ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल प्रिमियर लिगमा फुलहमसँग १-१ को बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा मोहम्मद सालाहले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका हुन् ।

घरेलु मैदानमा २५औं मिनेटमा बबी रेइडले गोल गर्दै फुलहमलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेपनि दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्कायो ।

७९औं मिनेटमा सालाहले पेनाल्टीमार्फत लिभरपुलका लागि गोल गरे । अबाउबाकर कर्माले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा सालाहले गोल गरे ।

बराबरीपछि लिभरपुलले टोटनहमलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

त्यसअघि टोटनहम पनि क्रिस्टन प्यालेससँग १-१ कै बराबरीमा रोकिएको थियो । ह्यारि केनको गोलबाट टोटनहमले पहिले अग्रता लिएपनि जोफ्रे स्कल्पले ९ मिनेट बाँकी छँदा प्यालेसका लागि बराबरी गोल गरेका थिए । बराबरीपछि १२ खेलबाट लिभरपुल र टोटनहमको समान २५ अंक छ । तर गोलअन्तरमा टोटनहम अघि रहँदै शीर्ष स्थानमा छ ।

जेम्स म्याडिसनको दुई गोल मद्दतमा ब्राइटनलाई ३-० ले पराजित गर्दै लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान म्याडिसनले २७औं र ४४औं मिनेटमा गोल गरे । यस्तै जेमी भार्डीले ४१औं मिनेटमा एक गोल गरे ।

जितपछि १२ खेलबाट २४ अंक जोड्दै लेस्टरले साउथह्याम्पटन र चेल्सीलाई पछि पारेको हो भने टोटनहम र लिभरपुलसंग अंकदूरी १ मा झारेको छ ।

आत्मघाती गोल गर्दा आर्सनल पराजित

पिएरे एमरिक ओबामेयाङले आत्मघाती गोल गरेपछि आर्सनल भने बर्नलीसंग १-० ले पराजित भएको छ । ७३औं मिनेटमा ओबामेयाङले बर्नलीका लागि गोल उपहार दिएका हुन् । त्यसअघि ५८औं मिनेटमा ग्राइन्ट जाकाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा झरेको थियो ।

हारपछि १२ खेलबाट १३ अंक मात्र रहेको आर्सनल १५ अंक स्थानमा छ र रेलिगेसन क्षेत्रबाट ५ अंकले मात्र सुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment