Comments Add Comment

लियोनसँग हारेपछि पीएसजी तेस्रो स्थानमा झर्‍यो, नेमार घाइते

२९ मंसिर, काठमाडौं । फ्रेन्च लिगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एकै पटक तेहोरो झड्का लागेको छ । लिग वानमा गएराति लियोनसँग १-० ले पराजित भएको पीएसजी अंक तालिका दुई स्थान तल झर्‍यो । यस्तै स्टार खेलाडी नेमार पनि यही खेलको अन्तिम समयमा घाइते भए ।

जितपछि लियोन दोस्रो स्थानमा उक्लेको छ । अर्को खेलमा बवर्डेक्स पराजित गर्दै लिले शीर्ष स्थानमा उक्लेको छ ।

यो भन्दा खराब नतिजा अरु के होला र ? घरेलु मैदानमै पीएसजी पराजित भएको हो । लियोनलाई ३ अंक दिलाउन खेलको ३५औं मिनेटमा टिनो काडेवेरेले गरेको गोल नै निर्णायक बन्यो ।

इन्जुरी टाइमको नवौं मिनेटमा नेमार घाइते भए । लियोनका थियागो मेन्डेसले फाउल गरेपछि नेमार घाइते भएका हुन् । नेमारलाई खराब ट्याकल गरेका मेन्डिज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । एंकलमा चोट लागेका नेमार स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याइएको थियो ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले परिक्षण गरेपछि नेमारको चोट कति सिरियस रहेको थाहा हुने बताएका छन् । टुचेलले नेमार फिजियो र डक्टरसँग रहेको र भोलि परीक्षण गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment