+
+

सुर्खेतका एकजना कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १२:५१

२९ मंसिर, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार यही मंसिर २७ गते राति ११ बजे मृत्यु भएको थियो । उनको २८ गते बाँकेको नेपालगञ्जमा शव व्यवस्थापन समेत भैसकेको छ ।

मंसिर ८ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए । उनलाई दुईदिन पछि बाँकेको नेपालगञ्जमा रिफर गरिएको थियो ।

उनको श्वासप्रश्वासमा समस्या भएपछि मंसिर १४ गते एयर लिफ्टिङ मार्फत काठमाडौं पुर्‍याइएको थियो ।

प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २२ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?