+
+

सरकारलाई उखु किसानको जवाफ : हाम्रो पैसा बोकेर मन्त्री माइतीघर आउनुस्

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ मंसिर २९ गते १३:२६

२९ मंसिर, काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए । वार्तामार्फत नै समस्या समाधान गर्न सकिने भन्दै सोमबार मन्त्रालयबाट उनलाई फोन आएको थियो ।

‘हामीले उधारोमा वार्ता नगर्ने जवाफ दियौँ,’ सचिव रायले भने ‘कोठामा गएर वार्ता गरेर समाधान निस्किन्न भन्ने हामीले बुझ्यौं ।हाम्रो बक्यौता बोकेर मन्त्री माइतीघर आउनुस् ।’

मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले रायलाई फोन गरी २ बजे मन्त्रालयमा वार्तामा आउन भनेका थिए । तर उखु किसानले वार्तामा आउन नचाहेको रेग्मीले अनलाइनखबरलाई बताए ।

विगतमा पनि मन्त्रालयसँग वार्ता गर्दा किसानहरुलाई झुलाउने काम मात्रै भएको रायले बताए ।

उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि सुरु भएको धर्ना सोमबार दोस्रो दिन पनि जारी छ । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।

आन्दोलनमा सर्मथन जनाउन लोकगायक बद्री पंगेनी र अधिवक्ता ओमप्रकाश अर्याल माइतीघर पुगेका छन् । उनीहरु पनि उखु किसानसँगै धर्नामा बसेका छन् ।

उखु कसान संघर्ष समितिले बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?