+
+
Shares

कुमारी बैंकको लाभांश पारित, कति पाउने भए लगानीकर्ताले बोनस ?

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १७:५३

२९ मंसिर, काठमाडौं। कुमारी बैंक लिमिटेडको लाभांश पारित भएको छ । सोमबार बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा बसेको २०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्लाटफर्ममार्फत शेयरधनीहरुको धारणा समेत समावेश गरेको थियो ।

साधारणसभाले शेयरधनीहरुलाई गत वर्षके नाफाबाट को लागि १० दशमलव ८५ प्रतिशत बोनस शेयर तथा ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?