+
+

कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १८:२२

२९ मंसिर, काठमाडौं । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे निधन भएको हो । अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो ।

२४ गते कोभिड पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए । उनका अनुसार लामालाई अर्कै अस्पतालबाट किस्टमा रिफर गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?