Comments Add Comment

रातारात खाली भएको दुनियाँकै ठुलो भूताहा सहर

दुनियाँमा यस्ता धेरै रहस्यहरु छन् जसका बारेमा सबै मानिसहरुलाई जानकारी हुँदैन । एउटा यस्तै रहस्यको रुपमा रहेको छ साइप्रसको वरोसा सहर ।

कुनै समय घना बस्ती रहेको उक्त सहर अहिले मानवबिहीन भुताहा सहरको रुपमा रहेको छ । वरोसा सहरलाई विश्वको सबैभन्दा ठूलो घोस्ट टाउन अर्थात् भुताहा सहर पनि भनिन्छ।

सहरमा अग्ला अग्ला भवनहरु छन् तर त्यहाँ मानिसको नामोनिसान छैन । घरहरु सबै खाली छन् । सहरमा कुनै समय रहेका होटलदेखि आवासीय भवनहरु र रेष्टुरेन्ट सबै खण्डहरमा परिणत हुँदैछन् ।

फमागस्ता प्रान्तको वरोसामा एक सानो भूभाग बाहेक अरु सबैलाई सधैका लागि बन्द गरिएको छ । तारबार लगाइएको उक्त भुताहा सहरभित्र छिर्नु त परै जाओस् बाहिरबाट कुनै तस्वीर लिन प्रयास गर्नेलाई पनि गिरफ्तार गरिन्छ ।

मिडिया रिपोर्टका अनुसार ४५ वर्षअघि उक्त सहरको जनसंख्या ४० हजार थियो । तर सन् १९७४ मा विदेशी सेनाको आक्रमणको त्रासका कारण पूरै सहर रातारात खाली भयो ।

वास्तवमा सन् १९७४ को जुलाईमा टर्किस सेनाले साइप्रसमाथि ग्रिक राष्ट्रवादीहरुको कू को विरोधमा आक्रमण गरेको थियो । उक्त घटनापछि नरसंहारको डरका कारण पूरा सहर एकै रातमा खाली भयो । त्यहाँ बस्ने बानिसहरु ज्यान जोगाउन आसपासका सहरमा शरण लिन गए र कहिल्यै फर्केनन् ।

वरोसा सहर अहिले टर्किस सेनाको कब्जामा रहेको छ । त्यहाँ केवल टर्कीको गस्ती टोली मात्र जान सक्दछ । त्यसबाहेक कसैलाई पनि त्यहाँ जाने अनुमति छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment