Comments Add Comment

बेन्जामाको दुई गोलमा रियल मड्रिडको जित

१ पुस, काठमाडौं । करिम बन्जाको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै शीर्ष स्थानको यल सोसिडाड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

गएराति भएको खेलमा रियलले दश खेलाडीको विल्वाओलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको हो । सान्टियागो बर्नाबेउमा भएको खेलको १३औं मिनेटमा राउल गार्सिया रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि विल्वाओ १० खेलाडीमा समेटिएको थियो ।

पहिलो हाफको इन्जुरी टाइममा टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाए । एक खेलाडी कम हुनका बाबजुद पनि ५२औं  मिनेटमा एन्डर कापाले विल्वाओका लागि बराबरी गोल फर्काए ।

तर त्यसपछि भने बेन्जामाले लगातार दुई गोल गर्दै रियललाई जित दिलाए । बेन्जामा ७४औं मिनेटमा पहिलो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । इन्जुरी टाइमा बेन्जामा व्यक्तिगत दोस्रो तथा रियलका लागि तेस्रो गोल गरे ।

जितपछि रियलले १३ खेलबाट सोसिडाड र एट्लेटिको समान २६ अंक जोडेको छ ।  तर गोलअन्तरमा रियल पछि छ । सोसिडाडले १३ र एट्लेटिकोले ११ खेल खेलेको छ । विल्वाओ १३ खेलबाट १४ अंकसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment