+
+
Shares

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १३:०३

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

स्थायी कमिटी बैठक अगाडि ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । दुई अध्यक्षको भेट जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भेट लगतै स्थायी कमिटी बैठक बस्नेछ ।

गएको मंसिर २१ बाट सुरु भएको बैठकमा पार्टी विवादबारे छलफल सुरु गर्ने तयारी छ । तर, सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि छलफलको विषय थपिएको छ ।

प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । प्रचण्ड–नेपाल पक्षका नेताहरुले अध्यादेश फिर्ताको माग गरिसकेकाले आजको स्थायी कमिटी बैठक त्यसैमा केन्द्रीत हुने सम्भावना बढी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?