
२ पुस, काठमाडौं । भन्सार छलेर ल्याइएका पौने ६ लाख रुपैयाँ बराबरको कपडा र जुत्ता सशस्त्र प्रहरीले महोत्तरीबाट बरामद गरेको छ ।
एकडाडा गाउँपालिका-२ मा परालको कुन्युमा लुकाएर राखेको अवस्थामा करिब ५ लाख ७५ हजार ७१० रुपैयाँ मूल्य बराबरको कपडा र जुत्ता बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।
विशेष सुराकीको आधारमा गएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको उक्त कपडा र जुत्ता भन्सार कार्यलय जलेश्वरमा बुझाइएको उनले बताए ।
यसैबीच सशस्त्र प्रहरीले घरेलु हिँसामा परेकी एक महिलाको समेत उद्दार गरेको छ ।
सशस्त्र प्रहरी बल महोत्तरी बाट खटिएको टोलीले जलेश्वर नगरपालिका-१२ नैन्हीबाट घरेलु हिँसामा परेकी २५ वर्षीय युवतीको उद्दार गरी परिवारको जिम्मा लगाएको प्रहरी उपरीक्षक सापकोटाले बताए । उद्दार गरिएकी युवतीलाई उनकै श्रीमानले यातना दिने गरेको पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4