Comments Add Comment

सर्लाहीबाट गाँजासहित तीनजना पक्राउ

३ पुस, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार महोत्तरीका युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् ।

उनले तरकारी बोक्ने क्रेटमा बर्काेले छोपी साइकलमा लैजाँदै गरेको १० किलो ५ सय ग्राम गाँँजा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यस्तै, लालबन्दी नगरपालिका-६ बाट ३६ किलो २६ ग्राम गाँजासहित मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.८३ प. ८४७१ नम्बरको मोटरसाइकल चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार सिन्धुलीको डाबडाँडा गाउँपालिका १ बस्ने ३५ वर्षीय शक्ति लामा र पछाडि सवार रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने ४२ वर्षीय प्रेम यादवलाई नियन्त्रणमा लिइ अन्य अनुसंधान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment