Comments Add Comment

धमाधम लाभांश पारित गर्दै बैंकहरु, कुन बैंकले कति प्रतिशत घोषणा गरे ?

३ पुस, काठमाडौं । बिहीबार मुलुककै जेठो बैंक नेपाल बैंक र निजी क्षेत्रको लगानीको मेगा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरे । जसमा नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत दिने निर्णय गरेको छ ।

उता मेगा बैंकले पनि बिहीबार नै १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यि दुइ बैंकसहित हालसम्म २७ वाणिज्य बैंक मध्ये २० बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

अन्य बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये सबैभन्दा धेरै घोषण गर्नेमा हिमालयन बैंक र एनआइशी एशिया बैंक देखिएका छन् । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ ।

हिमालयन बैंकले ६ प्रतिशत नगद लभांश र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । उता एनआइशी एशियाले भने १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यद्यपि, आकर्षक बोनस दिने नविल बैंक लगायतका आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी रहेको छ ।

कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित समेत गराइसकेको छ । अन्य बैंकहरुले भने सभाबाट पारित गराउन बाँकी छ ।

हेरौं कुन बैंकले कति दिदैछन् लाभांश ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment