Comments Add Comment

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित ४ स्थानीय तहलाई राहत

५ पुस, काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चारवटा स्थानीय तहका नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ ।

जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौताराका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् ।

२४० थान न्यानो कटन टेन्ट, तीन सय थान ब्ल्याङ्केट र तीन सय थान उच्च क्षमताको टर्च लाइट रहेका छन् । यस वर्षको बाढी पहिरोका कारण पालिकाले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएको हो ।

बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० थान टेन्ट, ९५ थान ब्ल्याङ्केट र ९५ थान टर्च लाइट प्रदान गरिएको छ ।

जुगल गाउँपालिकालाई ७० थान टेन्ट, ८० थान ब्ल्याङ्केट र ८० थान टर्च लाइट र भोटेकोशी गाउँपालिकालाई ५५ थान टेन्ट, ७० थान ब्ल्याङ्केट र ७० थान टर्च लाइट हस्तान्तरण गरिएको छ ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ टेन्ट, ५५ थान ब्ल्याङ्केट र ५५ थान टर्च लाइट राहत दिइएको छ ।

कार्यक्रममा सभामुख सापकोटाले सहयोग उपलब्ध गराएको चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त सबै सामग्रीको सही तरिकाले वितरण गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment