Comments Add Comment

ओलीलाई नभेटी फर्किए प्रचण्ड

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । ओलीले भेट्न नमानेपछि प्रचण्ड खुमलटार फर्किएका हुन् ।

आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको सिफारिस गरेका छन् । अहिले प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् ।

प्रचण्डनिवासमा नेकपा शीर्षनेताको छलफल

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय लिएपछि आक्रोशित देखिएका नेकपाका शीर्षनेताहरु प्रचण्डनिवास खुमलटारमा भेला भएका छन् ।

आइतबार नै स्थायी कमिटीको बैठकसमेत डाकिएकाले अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न माधव नेपाललगायतका नेताहरु प्रचण्ड निवासमा भेला भएका हुन् ।

प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र पार्टी निर्णय विपरीत भएको प्रतिक्रिया नेकपामा नेताहरुले दिइसकेका छन् ।
अब प्रधानमन्त्री ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्न सक्ने एक नेताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment