Comments Add Comment

सोनुको बदलिएको छविः चिरञ्जीवीले पिट्न मानेनन्

कोरोना महामारीका कारण भारतमा लकडाउनको समयमा कलाकार सोनु सुदले प्रवासी मजदुरहरुलाई आफ्नै खर्चमा घर पुर्याए । यतिमात्र होइन, अहिले पनि उनले आम मानिसहरुलाई सहयोग गरिरहेका छन् । यसका लागि सोनुले १० करोड ऋण लिएको खबर समेत सार्वजनिक भएको थियो ।

सोनुको बदलिएको छविसँगै उनलाई निर्माताहरुले चलचित्रमा नायकको लागि अफर गरिरहेका छन् । साउथ तथा बलिउड चलचित्रमा भिलेनको छवि बनाएका सोनुले लकडाउनको समयमा आफ्नो छवि नै परिवर्तन गरेका छन् । यसैले, उनका लागि लेखिएका चलचित्रका कथाहरु परिवर्तन गर्न थालिएको छ ।

सोनुले ‘वी दि विमेन’को भर्चुअल सेसनमा साउथ इन्डियन चलचित्र ‘आचार्य’को छायांकनका क्रममा भएका केही रोचक किस्सा सुनाएका थिए । सोनुले भने–‘हामीले ‘आचार्य’ चलचित्रका लागि एक दृश्य छायांकन गरिरहेका थियौं । जहाँ, कलाकार चिरञ्जिवीले मलाई कुट्नुपर्ने दृश्य थियो । तर, उनले मलाई कुट्न मानेनन् ।’

सोनुले भने–‘चिरञ्जिवी सरले मलाई भन्नुभयो कि, चलचित्रमा तिमी हुनु भनेको हामीलाई ठूलो समस्या हो । किनकी, एक्सन दृश्यमा म तिमीलाई कुट्न सक्दिनँ । यति मैले यसो गरेँ भने मानिसहरुले मलाई गाली गर्न थाल्नेछन् ।’

सोनुका अनुसार, चलचित्रको एक दृश्यमा चिरञ्जिबीले उनको टाउकोमा खुट्टा राखेको दृश्य थियो । यो दृश्य फेरि खिचिएको थियो ।

सोनुका अनुसार, तेलुगु चलचित्रमा उनको परिवर्तित छविलाई देखेर निर्माताहरुले स्क्रिप्ट परिवर्तन गरिरहेका छन् । सोनुले यो बर्ष आफ्नो व्यक्तिगत र व्यवसायिक जीवन पुर्ण रुपमा बदलिएको पनि बताएका छन् ।

सोनुको परिवर्तित छविलाई देखेर उनलाई नायकको भूमिकामा अफर आउन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment