Comments Add Comment

वैज्ञानिक समाजवादी पार्टीले भन्यो – राजनीतिक ‘कू’को रिहर्सल भयो

५ पुस, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले प्रतिनिधिसभाको विघटनलाई राजनीतिक ‘कू’ को रिहर्सल भएको बताएको छ ।

पार्टीका संयोजक आहुतिले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले तुरुन्तै प्रतिनिधसभा विघटन गर्नु एक प्रकारको राजनीतिक ‘कू’ को रिहर्सल हो ।’ समाजवादी पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिको गतिविधिलाई प्रतिगामी कदम भएको ठहर गरेको छ ।

‘यो घटनाले संसदीय दलाल पुँजीवादी व्यवस्था दलाल पुँजीपति वर्गको हातको खेलौना भएको पुष्टि भएको छ’, वक्तव्यमा उल्लेख छ, ‘संविधान, नियम र मान्यहरु देखाउने दाँत मात्र हुन् ।’

वक्तव्यमा संसदीय दलल पुँजीवादी व्यवस्थाकै विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको दिशामा दृढतापूर्वक अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment