Comments Add Comment

संसद विघटनको विरोधमा विराटनगरमा तीन दलको प्रदर्शन

६ पुस, विराटनगर । मोरङको विराटनगरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले स‌ंसद विघटनको विरुद्धमा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा बोल्ने तीनै दलका नेताहरुले  प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र व्यवस्थाको विरुद्धमा लागेको भन्दै उनको चर्को आलोचना गरेका छन् ।

मोरङमा सोमबार आयोजिता विरोधसभामा नेकपा मोरङका सचिव गणेश उप्रेतीले प्रधानमन्त्री ओली गणतन्त्र व्यवस्थाका विरुद्ध लागेको बताए । ‘तपाईं गणतन्त्रविरुद्ध लाग्नु भएको छ, के आधारमा चुनाव गर्नुहुन्छ ?’, उप्रेतीले भने, ‘जनताले लडेर ल्याएको व्यवस्थाको माया हामीलाई छ । प्रधानमन्त्री ओलीलाई छैन् ।’ ओलीले संविधानमा नभएको व्यवस्थालाई टेकेर संसद् विघटन गरेको बताउँदै उनले अदालतले रोक्नु पर्ने बताए ।

नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले सरकारले असंवैधानिक कदम विरुद्ध सडकमा उत्रनु परेको बताए ।

जनता समाजवादी पार्टीका नेता मोहमद कादिरले ओलीले प्रतिगामी कदम चालको आरोप लगाए । जसपाकै केन्द्रीय सदस्य जयराम यादवले ओलीले संविधानमाथि धावा बोलेका कारण संविधानको रक्षाका लागि जनता सडकमा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment