Comments Add Comment

‘हामी केही समय विभाजित हुन सक्छौं तर विभाजित मानसिकतामा रहिरहनुहुँदैन’

अहिलेको घटनाक्रम नेपालीको काबुभित्र मात्रै छैन : महरा

७ पुस, घोराही । पूर्वसभामुख कृष्णबहादुर महराले आफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका छन् । अहिले नेकपा विभाजनको स्थितिमा पुगे पनि पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा सोमबार आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले आफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताए । ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आदर्श र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’

महराले भने, ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहिरहनुहुँदैन ।’

छलफल र बहसलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडि लैजानुपर्ने महराको भनाइ छ । अहिले देश दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै उनले बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा राखे ।

नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको संकेत गर्दै उनले भने, ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन, देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका नेता महराले अहिलेको अवस्थामा प्रतिकृयावादीहरुको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्ने र ठूलो संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भनाइसमेत राखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment