Comments Add Comment

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा बादल गएनन्

७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् ।

केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् ।

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment