७ पुस, काठमाडौं । वर्ष २०२० मा सबैभन्दा धेरै समय फुटबल खेल्नेमा म्यानचेष्टर युनाइटेडका कप्तान ह्यारी मगुएरे अगाडि रहेका छन् । स्पानिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी शीर्ष तीन स्थान भित्र छन् ।
विश्वकै महँगा सेन्टर ब्याक मगुएरे २०२० भर सबैभन्दा धेरै मिनेट मैदानमा खेल्ने व्यवसायिक खेलाडी रहेको स्पानिस अनलाइन मार्काले जनाएको छ । डिसेम्बर १७ सम्म मगुएरेले कूल ४ हजार ७४५ मिनेट खेलेका छन् । यस वर्ष उनले ५३ खेल खेले ।
दोस्रो नम्बरमा रहेका खेलाडी पनि म्याचेष्टरकै अर्का सेन्टर ब्याक हुन् । तर उनी युनाइटेडका नभएर सिटीका रुबेन डियाज हुन् । उनी समरमा वेनफिका छाडेर सिटी पुगेका थिए । उनले पोर्चुगलर इंग्ल्याण्डमा गरी ४ हजार ३४४ मिनेट खेला छन् ।
यस्तै सूचीको तेस्रो स्थानमा रहेका मेसीले ४ हजार २९३ मिनेट खेलेका छन् । सबैभन्दा धेरै मिनेट खेल्ने रियल मड्रिडका खेलाडी राफेल भरान हुन् । आठौं स्थानमा रहेका उनले ४ हजार १२३ मिनेट खेलेका छन् ।
स्पानिस खेलाडीहरुमा भने जेसस नाभास धेरै मिनेट खेल्नेमा अघि छन् । उनी भरान भन्दा एक स्थान पछि नवौं स्थानमा छन् र ४ हजार ११० मिनेट खेलेका छन् ।
२०२० मा धेरै मिनेट खेल्ने १० फुटबलर
ह्यारी मगुएरे ४७४५ मिनेट
रुबेन डियाज ४३४४ मिनेट
लिओनल मेस्सी ४२९३ मिनेट
ब्रुनो फर्नान्डेज ४१६४ मिनेट
ब्रुनो पाचेको ४१६२ मिनेट
रोमेलु लुकाकु ४१४४ मिनेट
भिक्टोर लिन्डलोफ ४१४२ मिनेट
राफेल भरान ४१२३ मिनेट
जेसस नाभास ४११० मिनेट
कलुम म्याकग्रेगोर ४१०६ मिनेट
प्रतिक्रिया 4