Comments Add Comment

लेवान्डोस्कीको खुलासा : युनाइटेड जान तयार थिएँ

७ पुस, काठमाडौं । पोलिस फरवार्ड अहिले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिएन्ज एरेनामा जादु देखाउने लेवान्डवस्की कुनै बेला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड जान तयार भएका थिए ।

बायर्न म्युनिखका स्ट्राइकर लेवान्डवस्कीले सन् २०१२ मै युनाइटेडसँग कुरा भएको खुलासा गरे । युनाइटेड जानका लागि सर एलेक्स पर्गुसनसँग कुराकानी भएको उनले सार्वजनिक गरेका छन् ।

जर्मन क्लब बोरुसिया डर्टमण्डमा हुँदा नै उनी नियमितरुपमा ओल्ड ट्राफोर्डसँग जोडिन्थे । डर्टमण्डमा उनले चार वर्ष खेले ।

यद्यपि लेवान्डोस्कीको युनाइटेड जाने चाहना पूरा हुन सकेन । बरु उनी २०१४ मा डर्टमण्डको राइभल बायर्न म्युनिखमा अनुबन्ध भए ।

‘डर्डमण्डमा दोस्रो वर्षपछि सर एलेक्स फर्गुसनसँग मेरो कुराकानी भएको थियो,’ लेवान्डोस्कीले फ्रान्स फटबलसँग भनेका छन् , ‘म म्यानचेष्टर आएको हेर्न चाहन्थे । म धेरै इच्छुक थिएँ । मैले यति सम्म भने कि म तयार छु । तर डर्टमण्डले मलाई जान दिएन । यसले मलाई धेरै हतोत्साहित बनाएन किनकि डर्टमण्डमा सबै राम्रो भइरहेको थियो ।’

लेवान्डवस्कीले बायर्नका लागि ३०७ खेलमा २६६ गोल गरिसकेका छन् ।

गत सिजन बायर्नले ट्रेबलसहित पाँच उपाधि जित्दा लेवान्डोस्कीले बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए ।

गत साता लेवान्डोस्कीले मेस्सी र नाल्डोलाई पछि पार्दै बेस्ट फिफा अवार्डसमेत जिते । यदी डर्टमण्डले नरोकेको भए उनी धेरै अघि म्यानचेष्टर पुगिसक्थे ।

३२ वर्षीय लेवान्डोस्कीले ६ बुण्डेसलिगा उपाधि जितिसकेका छन् । गत वर्ष युरोपियन च्याम्पियन्स लिग पनि जिते ।

यस्तै लेवान्डवस्कीले युवा हादा आर्सनलका लेजेण्ड थिएर हेनरी आफ्नो आइडल रहेको समेत खुलाएका छन् । ‘मेरो प्रशंसनीय व्यक्तिहरु अलेसान्द्रो डेल पिएरो र थिएरी हेनरी हुन् । रोबर्टो बाजियो पनि थियो । म युवा हुँदा उनीहले खेलिरहेको देख्थेँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment