
८ पुस, काठमाडौं । दोलखामा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित चरिकोट जिरी सडकखण्डमा ना ७ ख ३२६८ नम्बरको ट्रक अचानक पल्टिँदा चितवनको राप्ती नगरपालिका–९ घर भएक ट्रकका सहचालक २४ वर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको हो ।
नवलपरासीबाट तामाकोसीस्थित लामा कन्स्ट्रक्सनका लागि जाली बोकेर जाँदै गरेको ट्रक पल्टिएर च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार दुर्घटनामा परी सोही ठाउँका ट्रक चालक ३० वर्षीय अर्जुन बराल घाइते भएका छन् । उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएको उनले बताए ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4