८ पुस काठमाडौं । नेपाली राष्ट्रिय टिमका फास्ट बलर करण केसीले पहिलो पटक विदेशी क्रिकेट लिग खेल्ने भएका छन् । युएईमा आगामी जनवरीमा सुरु हुने टी-१० लिगमा करण छनोट भएका हुन् ।
बुधबार भएको ड्राफ्टमा पुने डेभिल्सले करणलाई अनुबन्ध गरेको हो । गत सिजन कर्नाटका टस्कर्सको नामबाट लिग खेलेको टिमको यस सिजन ना परिवर्तन गरेर पुने डेभिल्स बनाइएको छ ।
यसअघि नै नेपालबाट सोमपाल कामी र कुशल मल्ल टी-१० लिगका लागि अनुबन्ध भइसकेका छन् । सोमपाल, मराठा र कुशल, टीम अबुधाबीमा अनुबन्ध भएका हुन् ।
प्रतिक्रिया 4