+
+
Shares

भारतबाट जीटूजीमा रासायनिक मल खरिद गर्न सम्वादको थालनी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १२:२१

९ पुस, काठमाडौं । भारतबाट जीटूजीमा (सरकार-सरकार) रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको छ । मल खरिदबारे बुधबार सहसचिव तहमा नेपाल र भारतका अधिकारीहरुले भर्चुअल माध्यमबाट छलफल गरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।

जीटूजीमा मल खरिदबारे झण्डै एक वर्षभन्दा अघिदेखि रोकिएको छलफल पुनः सुरु भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिए ।

भारतीय फर्टिलाईजर विभाग र मन्त्रालयको टोलीबीच बुधबार छलफल भयो, बार्ता टुटेको सम्बाद जोड्नेमा सिमित रह्यो, प्रवक्ता केसीले भने ।

नेपालले मल खरिदबारे गत वर्ष राखेको प्रस्तावबारे भारतीय पक्षलाई जानकारी गराइएको र थप प्रक्रिया अघि बढाउने सम्बन्धमा भारतीय पक्षको धारणा मागिएको उनले जानकारी दिए ।
जवाफमा भारतीय पक्षले नेपालको प्रस्ताव सकारात्मक भएको र थप छलफल गरेर अघि बढ्न सकिने बताएको प्रवक्ता केसीले बताए ।

दुवै देशले स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने गरेर आजको छलफल टुंगिएको मन्त्रालयले जनाएको छ । अर्को बार्ताको मिति भने तय भएको छैन् ।

नेपाली बार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव डा. कान्चन पाण्डेले गरेका थिए । भारतको उर्वरक तथा रसायन मन्त्रालयका सहसचिव धरम पाल भारतको तर्फबाट बार्तामा सहभागी थिए ।

पेट्रोलियम पदार्थकै मोडालिटीमा भारतबाट रासायनिक मल खरिद गर्न अघिल्लो वर्ष नेपालले भारतसमक्ष औपचारिक प्रस्ताव गरेको थियो तर राजनीतिक रुपमा दुई देशबीचको सम्बन्ध चिसिएपछि भारतले मलको विषयमा नेपालसँग छलफल नै गर्न चाहेको थिएन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?