+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ओलीको कटाक्ष : नारायणकाजीले हामीविरुद्ध आन्दोलन गर्ने रे !

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १६:४२

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पुष्पकमल दाहाल प्रचण्डले झुक्याएको बताएका छन् ।

बालुवाटारमा जारी आफ्नो समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई प्रचण्डले झुक्याएर दोस्रो वरियताको अध्यक्ष बनाएको बताए ।

‘मसँग उधारो हुन्न, हाताहाती चाहिन्छ । महाधिवेशनसम्म कुर्ने ? भन्नुहुन्थ्यो । प्रचण्डले हाताहाती दिनु भएछ । तर, झुक्याएर दोस्रो अध्यक्ष । स्वर्ण होइन, सिल्भर’, ओलीले बैठकमा भने ।

उनले प्रचण्ड र माधव नेपाल समूहको निर्णयप्रति पनि ब्यङ्ग्य गरेका छन् । बिहीबार प्रचण्ड– नेपाल समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो । ओलीले नारायणकाजी श्रेष्ठसँग आन्दोलनकै अनुभव नभएको उनको टिप्पणी थियो ।

‘न जनयुद्धमा लागेको, न जनआन्दोलनमा लागेको जुलुसमा हिडेको नारायणकाजीले हाम्रो विरुद्ध आन्दोलन गर्ने रे !’, ओलीले भने । पार्टीभित्रैबाट केही गर्न नै नदिइए पछि प्रतिनिधिसभा विघटन गरेको उनले प्रष्टोक्ति दिए ।

‘हिँड्न खोज्यो कि अल्झ्याउने, बल्झ्याउने र केही गर्न नदिने भएपछि जनतामा जान खोजेको हुँ’, उनले केन्द्रीय सदस्यहरुलाई प्रष्ट्याए । उनले आफूविरुद्ध सबैतिर षड्यन्त्र भइरहेको बताएका छन् ।

गुमेको भूमि फिर्ता गराउन खोजे बापत पार्टीभित्र र बाहिर षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो । ‘हिजो संविधान बनाए बापत, व्यापार सम्झौता गरे बापत, भूपरिवेष्ठितलाई भूजडित बनाए बापत षड्यन्त्र भयो’ ओलीले भने, ‘अहिले गुमेको भूमि फिर्ता ल्याएबापत पार्टीभित्रै बसेर पनि षड्यन्त्र गर्न खोजियो ।’

ओलीले केन्द्रीय कमिटी बैठक नबस्दासम्म पार्टीको निर्णय स्थायी कमिटीबाट गर्ने प्रस्ताव ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?