+
+

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु   

रासस रासस
२०७७ पुष ९ गते १७:५९

९ पुस, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिराहाको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

लहान नगरपालिका–१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६७५ नम्बरको भाग्यरेखा ट्राभल्सले सोही दिशामा जाँदै गरेको स १० प ९८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिराहाका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जानकारी दिए ।

यस्तै सिराहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा आजै उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज ११ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँलाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मिरिङचिङले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?